होमपेज > कर्पोरेट बिजनेश अवार्डबाट उद्योगी–व्यवसायीहरू सम्मानित, कसलाई कुन सम्मान?

कर्पोरेट बिजनेश अवार्डबाट उद्योगी–व्यवसायीहरू सम्मानित, कसलाई कुन सम्मान?

बिज्ञापन
बिज्ञापन

कर्पोरेट मिडिया ग्रुपले १७औँ संस्करणको ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ भव्य रूपमा सम्पन्न गरेको छ । कर्पोरेट म्यागजिनको १७औँ वार्षिकोत्सवका अवसरमा ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गरिएको हो ।

बिज्ञापन

कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाहको अध्यक्षता, रक्षामन्त्री मानवीर राइको प्रमुख आतिथ्यता र कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीको विशेष आतिथ्यतामा बिहीबार होटेल र्‍याडिसन लाजिम्पाटमा भव्य समारोह आयोजना गरी उद्योग व्यवसाय क्षेत्रका प्रतिष्ठित संघसंस्था तथा व्यक्ति–व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरिएको हो ।

बिज्ञापन

कर्पोरेट मिडियाले यो संस्करणमा ११ वटा विधामा २४ वटा अवार्ड र एक जनालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ । विभिन्न आर्थिक तथा सामाजिक संघ–संस्थाहरूको नेतृत्वमा रहनुभई विभिन्न गतिविधिमार्फत मुलुकको अर्थतन्त्र र समाजसेवामा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत प्रतिष्ठित औद्योगिक समूह आईजे ग्रुपका अध्यक्षसमेत रहनुभएका उद्योगपति रविभक्त श्रेष्ठलाई ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ अन्तर्गत ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड, २०२५’ बाट सम्मान गरिएको छ ।

उहाँलाई प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई, कर्पोरेट मिडियाका अध्यक्ष उज्वलजंग शाह, उपाध्यक्ष सुष्मा महरा, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष तथा अवार्ड छनोट समितिकी संयोजक भवानी राणा, सदस्यहरू ईश्वरलाल फाउण्डेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, आईआईएफटीका अध्यक्ष फुपु तेञ्जिङ शेर्पालगायतले दोसल्ला ओढाई अवार्ड र प्रमाणपत्र प्रदान गराए ।

बिज्ञापन

यस्तै, उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन, उड्डयन, बैंक, फाइनान्स, इन्स्योरेन्स, सूचना प्रविधि र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २४ जनालाई ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ प्रदान गरिएको कर्पोरेट मिडियाका अध्यक्ष तथा संस्थापक सम्पादक उज्वलजंग शाहले जानकारी दिए ।

को–कसले कुन–कुन अवार्ड पाए ?

संस्थापक सम्पादक शाहले दिएको जानकारीअनुसार यो वर्ष कर्पोरेट बिजनेश लिडरशिप अवार्ड क्याटेगोरीमा नेपाल फ्रेट फरवार्डर्स एसोसिएशनका अध्यक्ष राजेन्द्र सङ्ग्रौलालाई ‘कर्पोरेट एलिट लिडरशिप अवार्ड’ र नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यलाई ‘कर्पोरेट बिजनेश लिडरशिप अवार्ड प्रदान गरिएको छ ।

इन्डष्ट्री एण्ड म्यानुफ्याक्चरिङ क्याटेगोरीमा जाजु ग्रुपका अध्यक्ष महेश जाजुलाई ‘कर्पोरेट इन्डष्ट्री लिडर अवार्ड’, शिवम् सिमेन्टलाई ‘बेष्ट म्यानेज्ड कम्पनी अवार्ड’ र मैनाली इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक प्रेमहरि मैनालीलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ ।

यसैगरी, मल्टिनेशनल कम्पनी क्याटेगोरीअन्तर्गत निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो र ठूलो दूरसञ्चारप्रदायक कम्पनी एनसेललाई ‘मल्टिनेशनल कम्पनी अफ द इयर’ अवार्ड प्रदान गरिएको छ । बैंकिङ तथा फाइनासियलतर्फ एभरेष्ट बैंक लिमिटेडलाई ‘कर्पोरेट बैंक अफ द इयर अवार्ड’, लुम्बिनी विकास बैंक लिमिटेडलाई ‘डेभलपमेन्ट बैंक अफ द इयर अवार्ड’, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई ‘लाइफ इन्स्योरेन्स अफ द इयर अवार्ड’ प्रदान गरिएको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडलाई ‘नन–लाइफ इन्स्योरेन्स अफ द इयर अवार्ड’, एनआईएमबी एस क्यापिटल लिमिटेडलाई ‘मर्चेन्ट बैंक अफ द इयर अवार्ड’ र आईसीएफसी फाइनान्स लिमिटेडलाई ‘फाइनान्स अफ द इयर अवार्ड’ प्रदान गरिएको छ ।

त्यस्तै, एअरलाइन्स क्याटेगोरीमा कैलाश हेलिकोप्टर सर्भिसेजका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेलाई ‘एअरलाइन्स लिडर अफ द इयर अवार्ड’ प्रदान गरिएको छ । अटोमोटिभतर्फ ह्याम्स मोटर्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपक थापालाई ‘बेष्ट अटोमोटिभ बिजनेश लिडर अवार्ड’ र साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठलाई ‘ग्रीन अटोमोटिभ एक्सिलेन्स अवार्ड’ दिइएको छ ।

वुमन लिडरशिप अवार्डतर्फ भुरमल लुनकरदास कङ्लोमेरेट (बीएलसी) होल्डिङ्सकी प्रबन्ध निर्देशक मेघा चौधरीलाई ‘वुमन बिजनेश लिडरशिप अवार्ड’ र फेशन डिजाइनर तथा समाजसेवीसमेत रहेकी आप्पा ह्यान्डिक्राफ्टकी सञ्चालक अम्बिका केसीलाई ‘एक्सिलेन्स इन सोसल सर्भिस अवार्ड’ प्रदान गरिएको छ ।

यसैगरी, रियल इस्टेटतर्फ लालपुर्जा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय नेपालाई ‘इमर्जिङ रियल इस्टेट अवार्ड’ प्रदान गरिएको छ । टेक्नोलोजी एण्ड इन्नोभेशनतर्फ एभेन्टोज नेपालका निर्देशक डेभिलसिंह राजपुतलाई ‘कर्पोरेट एक्सिलेन्स अन आईटी सर्भिस अवार्ड’ दिइएको छ ।

युथ अन्टरप्रेनरतर्फ फ्लाइटेक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शाहरुख हुसेनलाई ‘युथ अन्टरप्रेनर अवार्ड’ र अमेरिकी आईटी कम्पनी जेल्डा सेक्युरेटी एलएलसीका चिफ अपरेटिङ अफिसर (सीओओ) देवेश श्रेष्ठलाई ‘इमर्जिङ युथ अन्टरप्रेनर अवार्ड’ प्रदान गरिएको छ ।

यस्तै, कर्पोरेट एक्सिलेन्सी अवार्डतर्फ एआरएस डेन्टल क्लिनिकका प्रबन्ध निर्देशक डा. श्यामकाजी महर्जनलाई ‘एक्सिलेन्स इन हेल्थ सर्भिस अवार्ड’ र क्यूमेड फर्मुलेशन प्रालिका कार्यकारी अध्यक्ष सोहनप्रसाद अधिकारीलाई ‘एक्सिलेन्स हेल्थ केयर प्रडक्ट अवार्ड’ प्रदान गरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते