होमपेज > एनसेल फाउन्डेसनद्वारा शिक्षामा एनसेल एनएसएलमार्फत सहयोग पुर्‍याउने प्रतिबद्धता

एनसेल फाउन्डेसनद्वारा शिक्षामा एनसेल एनएसएलमार्फत सहयोग पुर्‍याउने प्रतिबद्धता

बिज्ञापन
बिज्ञापन

हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता अनुरूप यो सिजनभरि गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।

बिज्ञापन

यो पहल विषेश गरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको स्रोतको अभावलाई घटाउँदै, गुणस्तरीय शिक्षाका लागि योगदान पुर्‍याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित रहेको छ ।

बिज्ञापन

मंगलबारसम्म खेलिएका खेलहरू र तीनका नतिजा अनुसार फाउन्डेसनले ११ गोल बापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भइसकेको छ । यसरी वितरण हुने सामग्रीहरूमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्रीहरू समावेश हुन्छन् । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीहरूलाई उनीहरूको सिकाइ अनुभव सुधार गर्न योगदान पुर्याउने लक्ष्य राखेको छ ।

“हाम्रा समुदायहरुको सम्बन्ध फुटबलसँग गहिरो छ र यो पहलले फुटबलको उत्साहलाई विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि अर्थपूर्ण शैक्षिक सहयोगमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ,” एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विषाखा लक्ष्मी खड्काले भनिन् । “हामी नेपाल सुपर लिगका सबै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्छौं र यस महत्वपूर्ण उद्देश्यका लागि थप गोलहरू हुनेमा उत्साहित छौं।”

बिज्ञापन

एनसेल फाउन्डेसनले खेललाई शैक्षिक सहयोगसँग जोडेको यो पहिलो पटक होइन । यस अघि नेपाल प्रिमियर लिग ९एनपीएल० का दौरान, फाउनडेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित गरेको थियो । त्यसअनुसार, एनपीएलका ६५३ चौकाहरू बापत फाउन्डेसनले कुल २,६१२ शैक्षिक सामग्रीहरू वितरण गर्दैछ । हालसम्म, फाउन्डेसनले नेपालभरिका ४२ सरकारी विद्यालयका विद्यार्थीहरूलाई ५,००० भन्दा बढी शैक्षिक सामग्रीहरू वितरण गरिसकेको छ।

एनएसएलको समापनपछि, एनसेल फाउन्डेसनले सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ । यो पहलमार्फत फाउन्डेसनले शिक्षा क्षेत्रमा एनसेलको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ र सकारात्मक सामाजिक परिवर्तन र समुदायको विकासको लागि शिक्षाको विकास अपरिहार्य रहेको स्पष्ट पार्दछ ।

एनसेल फाउन्डेसन प्रभावकारी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) का पहलहरूमार्फत देश र जनताको विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्‍याउँदै समावेशी र दिगो नेपालको प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको छ ।

एनसेलको थिम ‘हामी तपाईंकै लागि’ मा आधारित भई फाउन्डेसनले शिक्षा, स्वास्थ्य, वातावरण, विपद् पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा कार्यहरू र अन्य सामुदायिक विकासका गतिविधिहरू मार्फत स्थानीय आवश्यकता सम्बोधन गर्दे विकासमा हातेमालो गर्दछ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते