होमपेज > नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन
बिज्ञापन

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ।

बिज्ञापन

सीईओको पदको लागि उम्मेदवारले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिको लागि आवश्यक योग्यता तथा कार्यानुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ५ (ख) बमोजिम मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर एकान्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्छ। साथै, बैंकिङ र वित्तीय क्षेत्रमा, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने संघ संस्थामा अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा ३ वर्षको अनुभव अनिवार्य छ।

बिज्ञापन

कम्पनीले विशेष प्राथमिकता दिने योग्यताहरूमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा कार्यकारी तथा व्यवस्थापकीय तहमा कम्तीमा १० वर्षको कार्यानुभव भएको, उच्च सम्पर्क र समन्वय गर्ने क्षमता भएका, लघुवित्त क्षेत्रमा विद्यमान समस्याहरूको समाधान गर्न तत्पर र स्थलगत कार्य गर्न इच्छुक उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ।

यसका साथै, उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्ने सर्त राखिएको छ। तलब र अन्य सुविधाहरू आपसी समझदारीका आधारमा तय गरिने बताइएको छ। योग्य र इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातसहित आगामी वैशाख ४ गते भित्र तोकिएको माध्यमबाट आवेदन दिनुपर्नेछ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते