सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसन्सबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
बिज्ञापन
सम्झौता अनुसार बिजुलीबजार स्थित एलकेएस डेन्टल सोलुसन्स काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जानपनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
बिज्ञापन
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघिमात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवापनि सञ्चालनमा ल्याएको छ।








