होमपेज > १२ देखि १४ घण्टा लोडसेडिङ्ग हुँदा विकल्प खोज्ने सिमेन्टको भाउ बढाउने चेतावनी

१२ देखि १४ घण्टा लोडसेडिङ्ग हुँदा विकल्प खोज्ने सिमेन्टको भाउ बढाउने चेतावनी

बिज्ञापन
बिज्ञापन

 

बिज्ञापन

नेपाल विद्युत प्राधिकरणबाट सिमेन्ट उद्योगहरुलाई उपलब्ध गराउँदै आएको विद्युत आपूर्ति व्यवस्थामा हालैका दिनमा दैनिक १२ देखि १४ घण्टा सम्म विद्युत कटौती (लोडसेडिङ्ग) हुदै आएको विषय प्रति नेपाल सिमेन्ट उत्पादक संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

बिज्ञापन

सिमेन्ट उत्पादक संघले एक विज्ञप्ति जारी गर्दै सिमेन्ट उद्योग जस्तो अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगका लागि निरन्तर २४ सै घण्टा विद्युत आपूर्ति नहुँदा उद्योगले थप आर्थिक व्ययभार व्यहोर्नु पर्ने र यसको फलस्वरुप आम उपभोक्ता लगायत सर्व-साधारण जनता मार्कामा पर्न जाने बताएको छ। अर्बौको लगानी गरी स्थापित सिमेन्ट उद्योगहरुले विगतका केही वर्ष देखि स्वदेशी उत्पादित सिमेन्टमा मुलुकलाई आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गरी छिमेकी मूलुकमा निर्यातसमेत गर्न थालेको वर्तमान परिप्रेक्षमा यस प्रकारको विद्युत आपूर्ति कटौतीले मुलुकको राजस्व वृद्धिमा समेत नकरात्मक असर पर्न जाने संघको भनाई छ।

‘नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता समेतका भनाई अनुसार नेपालमा भारतबाट दैनिक २० घण्टासम्म विद्युत् आयात हुँदा समेत सिमेन्ट उत्पादन गर्ने लगायतका ठूला उद्योगहरुलाई माग बमोजिमको विद्युत आपूर्ति नभई विद्युत कटौति भएकै अवस्था थियो। हालै १५ मार्च २०२५ देखि भारतले सूर्य उदय देखि अस्तको समय अवधिमा मात्र विद्युत् आपूर्ति गरेको भनि केहि अघि देखि सिमेन्ट उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणबाट दैनिक १२ देखि १४ घण्टा सम्म अघोषित लोडसेडिङ्ग गरेको हुँदा यस संघको गम्भीर रुपमा ध्यानाकर्षण हुन गएको छ।’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

बिज्ञापन

हाल भैरहेको लोडसेडिङ्ग अन्त्य गरी निर्वाध रुपमा २४ सै घण्टा विद्युत उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल विद्युत प्राधिकरण, उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विभिन्न संसदीय समितिहरु लगायतका सरोकारवाला संस्था र अधिकारीहरुलाई आग्रहसमेत गरेको छ।

हालको लोडसेडिङ्गका कारण वैकल्पिक उर्जाको प्रयोग गरी किल्ड्कर र सिमेन्ट उत्पादन गर्दा अत्याधिक रुपमा उत्पादन लागत वृद्धि हुने भएकोले सदस्य उद्योगहरुले हालको विक्री मूल्यमा सिमेन्ट बिक्री वितरण गर्न प्रायः असम्भव रहेको हुँदा विद्युत आपूर्तिमा भएको कटौतीका कारण उत्पादन लागत अनुसारको विक्री मूल्य निर्धारण गर्नु पर्ने वाध्यात्मक परिस्थिती सिर्जना हुन सक्नेसमेत बताएका छन्।

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते