होमपेज > रिलायबल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्ड निष्कासन हुने

रिलायबल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्ड निष्कासन हुने

बिज्ञापन
बिज्ञापन

रिलायबल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा बन्दमुखी म्युचुअल फन्ड रिलायबल समृद्धि योजना निष्कासन हुने भएको छ ।

बिज्ञापन

अंकित मूल्य १० का दरले कुल १० करोड इकाइ जारी हुन लागेको हो । यसमध्ये १४ प्रतिशत योजना व्यवस्थापक रिलायबल क्यापिटल र १५ प्रतिशत कोष प्रवर्द्धकलाई छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीको लागि खुला गरिएको छ । यस म्युचुअल फन्डमा लगानी गर्न चाहनेले वैशाख ३ देखि अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन सकिनेछ ।

बिज्ञापन

यो योजना १० वर्षे अवधिको हो । १० वर्षपछि योजनाको सम्पूर्ण सम्पत्तिलाई नगदमा परिणत गरेर इकाइधनीलाई वितरण गरिनेछ । खुलामुखी योजना भएकाले बजारमा सूचीकृत हुनेछ । दोस्रो बजारबाट पनि किनबेच गर्न सकिनेछ । केयर रेटिङ नेपालबाट यसले बीबीबी प्लस रेटिङ प्राप्त गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते