होमपेज > बैंकिङ प्रणालीबाट एकैदिन ५० अर्ब झिक्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट एकैदिन ५० अर्ब झिक्दै राष्ट्र बैंक

बिज्ञापन
बिज्ञापन

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो।

बिज्ञापन

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ। निक्षेप बोलकबोलका लागि आज दिउँसो ३ बजे सम्मको समय निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

बिज्ञापन

गत फागुन ६ गते केन्द्रीय बैंकले ४० अर्ब माग गर्दा बैंकहरुले बुझाएको १० अर्ब ४० करोड पनि आजै परिपक्क हुँदैछ। त्यस्तै ९८ अर्ब स्थायी निक्षेप सुविधा (एसडीएफ) पनि आजै परिपक्क हुने भएपछि केन्द्रीय बैंकले एकैदिन ५० अर्ब खिच्न लागेको हो। यसअघि गत फागुन २५ गते मात्रै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि २५ अर्ब तरलता प्रशोचन गरेको थियो। जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो। चालु आर्थिक वर्ष सुरु भए यता निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले ५५ पटकमा १९ खर्ब ६३ अर्ब ६० करोड रुपैयाँ खिचेको छ। बैंकहरुले निक्षेप संकलन उपकरणमा ७७ अर्ब ५० करोड परिपक्क हुन बाँकी छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल वित्तीय प्रणालीको निक्षेप ६७ खर्ब ५५ अर्ब नाघेको छ भने ५४ खर्ब ६२ अर्ब कर्जा लगानी पुगेको छ। हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ७९.५५ प्रतिशत कायम रहेको छ। बैंकहरुले यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गरेर लगानी गर्न पाउँछन्। बैंकहरुको हालको सीडी रेसियो हेर्दा बैंकहरुमा ६ खर्ब १७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते