नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला ५ सय रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो।








