होमपेज > २९ किलो चरेससहित तीन युवा पक्राउ

२९ किलो चरेससहित तीन युवा पक्राउ

बिज्ञापन
बिज्ञापन

मुलुकभर गाँजाको बहस चलिरहँदा दाङमा प्रहरीले २९ किलो बढी चरेससहित तीन जनालाई पक्राउ गरेको छ।

बिज्ञापन

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले आलु बोकेको बोराभित्र लुकाएर ओसार–पसार गर्न लागिरहेको अवस्थामा २९ किलो ६९५ ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो । घोराही–होलेरी सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका -१३ बाह्रकुने दहनजिकबाट चरेससहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बिज्ञापन

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आलु बोकेको बोराभित्र लुकाएर चरेस ओसारपसार गर्न लागेको अवस्थामा लागुऔषध चरेससहित तीन जनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्व जिल्ला भुमे गाउँपालिका -२, खावाङ निवासी ४४ बर्षीय फर्कबहादुर घर्ती, सोही ठाउँ निवासी ५३ बर्षीय रुपधन घर्ती र सोही ठाउँ निवासी ६४ वर्षीय जुनबहादुर पुन छन्।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते