काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन।
बिज्ञापन
केन्द्रका अनुसार डिंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो। यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो। भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो।
बिज्ञापन
यसअघि पुस २३ मा तिब्बतमा भूकम्प गएको थियो। अमेरिकी जियोलोकिल सर्भेअनुसार ७.१ म्याग्निच्युडको सो भूकम्पमा परी करिब ४ सय जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका थिए।








