होमपेज > मिथिला लघुवित्तको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित

मिथिला लघुवित्तको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित

बिज्ञापन
बिज्ञापन

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ।

बिज्ञापन

उक्त विवरणअनुसार कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म ७७ प्रतिशतले बढेर ८ करोड ४१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी खुद ब्याज आम्दानी अघिल्लो वर्ष १४ करोड ७४ लाख रुपैयाँ रहेकोमा गत वर्ष ४१।८६ प्रतिशतले बढेर २० करोड ९१ लाख रुपैयाँ पुगेको छ।

बिज्ञापन

यता कुल सञ्चालन आम्दानी १८ करोड ८० लाख रुपैयाँबाट बढेर २६ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५ करोड ९३ लाख रुपैयाँबाट ह्वात्तै बढेर १२ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यसरी कम्पनीको ब्याज र सञ्चालन आम्दानी बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो। खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि २४.२६ रुपैयाँबाट बढेर ३७.५८ रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ७७ करोड ११ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ९६ करोड ९१ लाख रुपैयाँ कर्जा लगानी गरी त्यसबाट १ अर्ब १८ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। यता कम्पनीको खराब कर्जा (एनपीएल) २.१३ प्रतिशतबाट बढेर ४.६९ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १९१.२९ रुपैयाँ रहेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते