सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प भएको छ । अहिले बिहान २ बजेर ५१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
बिज्ञापन
भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुण्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ । उनका अनुसार भूकम्प १० किलोमिटर गहिराइबाट गएको मापन भएको छ ।
बिज्ञापन
सिन्धुपाल्चोक केन्द्रबिन्दु रहेको भूकम्प धक्का भने देशभरका विभिन्न स्थानमा महसुस भएको थियो । काठमाडौंमा पनि शक्तिशाली धक्का महसुस भएसँगै स्थानीयहरु आत्तिएर घरबाहिर निस्किएका छन् ।








