होमपेज > हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउन कांग्रेसका सांसद केसीको माग

हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउन कांग्रेसका सांसद केसीको माग

बिज्ञापन
बिज्ञापन

संसद्‍मा हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ। आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले यस्तो माग राखेका हुन्।

बिज्ञापन

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा राखेको छ। ट्रान्सफरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचकांकमा समेत नेपाल एक श्रेणी अगाडि परेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कदम चाल्नुपर्ने बताए। यो विषयमा संसद्‍मा गम्भीर छलफल हुनुपर्ने माग उनले राखे।

बिज्ञापन

सुधारका लागि उनले हजार र पाँच सयका नोटमा समेत प्रतिबन्ध लगाउनुपर्ने माग राखेका हुन्। ‘हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रिय/अन्तर्राष्ट्रिय साख र विश्वसनीयता स्थापना गर्न आजसम्मका चर्चित भ्रष्टाचार कान्डहरूको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय शक्तिशाली न्यायिक आयोग गठन गरौं,’ उनले भने। यो अपरिहार्य भएको उनले दोहोर्‍याए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते