नेको इन्स्योरेन्स कम्पनीले आज बुधबारदेखि हकप्रद शेयरका लागि आवेदन खुलाएको छ।
बिज्ञापन
कम्पनीले तोकिएको चुक्ता पूँजी साढे २ अर्ब पुर्याउनका लागि २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। ४ बराबर १ को दरमा हकवालाले आवेदन दिन सक्नेछन्। माघ १५ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
बिज्ञापन
हाल २ अर्ब १ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि ५० करोड ३० लाख रुपैयाँ थप हुनेछ। फागुन २८ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सकिनेछ। कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिङबाट ए प्लस रेटिङ पाएको छ। अनलाइनप्रणाली मेरोशेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ।
हाल बजारमा शेयर मूल्य प्रतिकित्ता ७८० रुपैयाँ छ।







