होमपेज > नेकपा (एकीकृत समाजवादी) का संविधान सभा सदस्य विदुर सापकोटाको निधन

नेकपा (एकीकृत समाजवादी) का संविधान सभा सदस्य विदुर सापकोटाको निधन

बिज्ञापन
बिज्ञापन

नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य एवम् संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएको छ।

बिज्ञापन

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य लक्ष्मण लम्सालका अनुसार उनको बिहीबार बिहान ३ः२५ बजे काठमाडौंको हेल्पिङ ह्यान्ड्स अस्पतालमा निधन भएको हो। ज्वरो आएपछि सापकोटा गत फागुन ४ गते अस्पताल भर्ना भएका थिए।

बिज्ञापन

२०२२ साल भदौ २२ गते जन्मिएका सापकोटा नेकपा (एमाले) काभ्रेपलाञ्चोकको १४ वर्ष पार्टी प्रमुख भएका थिए। उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे–४ बाट निर्वाचित भएका थिए। त्यसअघि तीन पटक उम्मेदवार भए पनि चुनाव जित्न भने सकेका थिएनन्।

काभ्रेका पुराना वामपन्थी नेता सापकोटा एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए। उनी एकीकृत समाजवादीको पोलिटब्युरो तथा बागमती प्रदेशको सहइन्चार्जसमेत थिए। ५९ वर्षीय सापकोटाका एक छोरी छिन्।

बिज्ञापन

उनको पार्थिव शरीर केहीबेरमा पार्टी कार्यालय आलोकनगर लगिने र बिहान ११ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ। उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने लम्सालले जानकारी दिए।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते