होमपेज > घट्यो खाने तेलको मूल्य, अब कतिपर्छ?

घट्यो खाने तेलको मूल्य, अब कतिपर्छ?

बिज्ञापन
बिज्ञापन

पछिल्लो चाररपाँच महिनामा जिरा र खानेतेलको मूल्य घटेको छ। गत असोज र कात्तिकमा प्रतिकेजी आठ सय रुपियाँमा कारोबार भएको गेडा जिरा २५० रुपियाँसम्म कममा कारोबार भएको हो।

बिज्ञापन

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको असोज र कात्तिकको तुलनामा फागुन १ को मूल्यसूची तुलना गरेर हेर्दा जिराको भाउ घटेको देखिएको छ। सो अवधिमा प्रतिकेजी एक हजार एक सय रुपियाँमा पाइने जिराको धुलो अहिले प्रतिकेजीमा दुई सय रुपियाँ घटेर नौ सय रुपियाँमा कारोबार भएको सङ्घले जनाएको छ।

बिज्ञापन

त्यस्तै यस अवधिमा सन फ्लावर तेल प्रतिलिटर मूल्य १० रुपियाँ घटेको छ। सङ्घका अनुसार सो अवधिमा बजारमा सन फ्लावर तेल प्रतिलिटर मूल्य २५५ रुपियाँमा बिक्री भइरहेको थियो भने फागुन १ गते आइपुग्दा प्रतिलिटर २४५ रुपियाँमा बिक्री भइरहेको छ।

त्यस्तै भुटेको तोरीको तेल प्रतिलिटर ४१० रुपियाँ, काँचो तोरीको तेल २४५ देखि ३२५ रुपियाँ र भटमासको तेल २५० रुपियाँमा कारोबार भएको थियो। यस्तै सो अवधिमा कालो भटमासको मूल्य १० प्रतिकेजी रुपियाँले घटेर २५० रुपियाँ भएको छ। ज्वानोको मूल्य प्रतिकेजी ५० घटेर ४५० रुपियाँ कायम भएको छ।

बिज्ञापन

गत असोजरकात्तिकमा २६० रुपियाँ प्रतिकेजी कारोबार भएको काँचो बदामको मूल्य दुई सय रुपियाँ प्रतिकेजीमा कारोबार भएको सङ्घले जनाएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते