नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रूपैयाँ १२ पैसा कायम भएको छ ।
बिज्ञापन
युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रूपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८१ रूपैयाँ ५० पैसा र बिक्रीदर १८२ रूपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६३ रूपैयाँ ११ पैसा र बिक्रीदर १६३ रूपैयाँ ८२ पैसा कायम गरिएको छ ।
बिज्ञापन
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६० पैसा र बिक्रीदर ८७ रूपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रूपैयाँ २० पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १०५ रूपैयाँ १२ पैसा र बिक्रीदर १०५ रूपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९५ पैसा र बिक्रीदर १९ रूपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४० पैसा र बिक्रीदर ३६ रूपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ६२ पैसा कायम भएको छ ।
बिज्ञापन
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिदर चार रूपैयाँ १० पैसा र बिक्रीदर चार रूपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ९२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ७८ पैसा र बिक्रीदर नौ रूपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १४ रूपैयाँ ०५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५० पैसा र बिक्रीदर २० रूपैयाँ ५९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७ रूपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ १७ पैसा र बिक्रीदर ४४६ रूपैयाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर ३६२ रूपैयाँ १५ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ७४ पैसा तथा ओमानी रियाल एकको खरिददर ३५४ रुयैयाँ ६२ पैसा र विक्रीदर ३५६ रूपैयाँ १८ पैसा रहेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।








