सशस्त्र प्रहरी बलले पोलाइन्ड नामक लागुऔषध जस्तो देखिने पाँच किलो पदार्थसहित २ जनालाई नियन्त्रणमा लिएको छ।
बिज्ञापन
बिहीबार दिउँसो काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ६ जोरपाटी नयाँ बस्तीबाट सशस्त्र प्रहरी बलले दुईजनालाई नियन्त्रणमा लिएको हो।
बिज्ञापन
इन्टेलिजेन्स ब्युरोको सुचनाको आधारमा स्थानीय एक होटलबाट प्लास्टिकले प्याक गरिएको अवस्थामा ५ किलोग्राम उक्त पदार्थसहित पक्राउ पर्नेमा सिन्धुली जिल्ला घर भई गोकर्णेश्वर नगरपालिका– ६ नयाँबस्ती बस्ने ३० वर्षीय र रामेछाप जिल्ला मन्थली नगरपालिका –१४ का २४ वर्षीय युवक छन्। उनीहरूको पहिचना खुलाइएको छैन।
सशस्त्र प्रहरी बलले दुवै युवकसँगै स्कुटर र मोटरसाइकल पनि नियन्त्रणमा लिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
बिज्ञापन








