हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बिज्ञापन
इन्स्योरेन्सको माघ २९ गते दिउसो बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको ८.७५ प्रतिशत अर्थात् २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बिज्ञापन
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात् सो लाभांश वितरण गरिनेछ।







