होमपेज > नक्कली प्रमाणपत्रले जागिर खाएका प्रशिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नक्कली प्रमाणपत्रले जागिर खाएका प्रशिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिज्ञापन
बिज्ञापन

नक्कली शैक्षिक प्रमाणपत्र पेसेर सरकारी सेवा लाभ लिएको आरोपमा बझाङका एक प्रशिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जयपृथ्वी नगरपालिका अन्तर्गतको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

बिज्ञापन

अनुसन्धानका क्रममा बोहराले जयपृथ्वी नगरपालिकाको नगरकार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्तिका लागि उच्च माध्यामिक शिक्षा परिषद्बाट जारी भएको प्लस छु तहको लब्धाङ्क पत्र नक्कली पेश गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

नक्कली प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पाइएको छ। यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर ठहर गर्दै अख्तियारले उनलाई सोही कानुनअनुसार कैद र जरिवानाको सजाय हुन माग गर्दै आरोपपत्र दायर गरेको हो।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते