होमपेज > ओरालो लाग्यो बुधबारको शेयर बजार, ८ अर्ब ९५ करोडको कारोबार

ओरालो लाग्यो बुधबारको शेयर बजार, ८ अर्ब ९५ करोडको कारोबार

बिज्ञापन
बिज्ञापन

बुधवार नेप्से परिसूचक ४.४५ अङ्कले घटेर २७११ मा बजार बन्द भयो। मङ्गलवार ८ अर्ब ९१ करोडको कारोबार भएकोमा बुधवार चार करोड बढी कारोबार भयो।

बिज्ञापन

बुधवार ८ अर्ब ९५ करोडको कारोबार हुँदा १ सय १३ कम्पनीको शेयर मूल्य बढ्यो, १ सय २२ कम्पनीको शेयर मूल्य घट्यो। ७ कम्पनीको शेयर मूल्य स्थिर रह्यो। बुधवार अकस्मात् फाइनान्स सेक्टर ५.६७ प्रतिशतले बढ्यो। हाइड्रोपावर सेक्टर ०.०४, निर्जीवन बीमा ०.१९ र अन्य सेक्टर ०.२८ प्रतिशतले बढ्यो।

बिज्ञापन

बैङ्किङ ०.२६, विकास बैंक ०.९१, होटेल तथा पर्यटन ०.४८, लगानी ०.२४, जीवन बीमा ०.३१, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.२६ तथा व्यापार १.४२ प्रतिशत घटेका छन्।

उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो। पोखरा फाइनान्सको ९.८१, समृद्धि फाइनान्सको ९.४६, भूगोल इनर्जीको ९, गुह्येश्वरी मर्चेन्ट फाइनान्सको ८ प्रतिशत मूल्य बढ्यो। सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैङ्कको मूल्य १० प्रतिशत घट्यो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते