होमपेज > आज पनि पाथिभरा केबलकार निर्माण विवाद समाधान गर्न दुई वार्ता टोलीबिच बैठक

आज पनि पाथिभरा केबलकार निर्माण विवाद समाधान गर्न दुई वार्ता टोलीबिच बैठक

बिज्ञापन
बिज्ञापन

पाथिभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीको बैठक आज पनि बस्ने भएको छ। यसअघि सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको बताइएको छ।

बिज्ञापन

आज ११ बजे पुनः वार्ता सुरु हुने आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दि । संयोजक तुम्याहाङले आफूहरूले तत्कालका लागि तीन कुरा राखिए पनि सरकारी पक्ष सहमत नभएको बताए। उनले भने, ‘हामीले एक नम्बरमा केबलकार निर्माण कार्य अहिलेका लागि स्थगित गर्ने, अर्को वार्ता समूहलाई स्थगन गर्ने, तेस्रो जति पक्राउ पर्नुभएको छ, उहाँहरू सबैलाई छाड्ने र बाँकी घाइतेहरूको उद्धार गर्ने भनेका हौँ। तर त्यो कुरामा उहाँहरू सहमत हुनुभएन।’

बिज्ञापन

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। भट्टराईको संयोजकत्वमा वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन्।

यता, आन्दोलनरत पक्षले पनि वार्ता सहजीकरण समिति गठन गरेको छ। सोमबार प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति गठन गरिएको हो । समितिको सदस्यमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सह) रहेका छन्।

बिज्ञापन

मुक्कुमलुङ सेमुक्तु मुक्तुबो माङ कवित पाथिभरा क्षेत्रमा केबलकार निर्माणको कार्य खारेज गर्न माग गर्दै आन्दोलन भइरहेको छ। अरुणपूर्व ९ जिल्ला अनिश्चितकालीन यातायात बन्दसहितको आन्दोलन भइरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते