होमपेज > गरिमा र महालक्ष्मी विकास बैंक ‘ई–कमर्स कार्ड’ कारोवारको लागि एनसीएचएलमा आबद्ध

गरिमा र महालक्ष्मी विकास बैंक ‘ई–कमर्स कार्ड’ कारोवारको लागि एनसीएचएलमा आबद्ध

बिज्ञापन
बिज्ञापन

गरिमा विकास बैंक र महालक्ष्मी बैंकले कार्डमार्फत हुने ई–कमर्स कारोबारका लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसमा आवद्ध भई थ्रीडी सेक्योर एसीएस सेवा सुरू गरेका छन्।

बिज्ञापन

सेवाको सुरूवातपश्चात गरिमा विकास बैंक तथा महालक्ष्मी विकास बैंकका कार्डवाहकले सुरक्षित तरिकाले अनलाईन ई–कमर्स कारोबार गर्न सक्नेछन्। यो सेवा प्रयोग गर्न बैंकका कार्डवाहकहरूले आफ्नो कार्डमा एकपटक यो सुविधा सुरू गर्नुपर्ने एनसीएचएलले जनाएको छ।

बिज्ञापन

ई–कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेसन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न थ्रीडी सेक्योर एसीएस सोलुसन अत्यन्तै सुरक्षित माध्यम रहेको एनसीएचएलको भनाइ छ। बैंक र एनसीएचएलको यो पहलले बढ्दो ई–कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरूलाई अनलाई कारोबार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा लिइएको छ।

हाल एनसीएचएल को यो सेवाअन्तर्गत गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका साथै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योती विकास बैंक, लुम्बिनी विकास बैंक र संग्रिला विकास बैंक लगायतका बैंक वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको छ।

बिज्ञापन

नेपालको अग्रणी विकास बैंकहरु मध्य गरिमा विकास बैंकको १ लाख ७५ हजार भन्दा बढि कार्डहरु तथा ५० वटा एटीएम तथा महालक्ष्मी विकास बैंकको १ लाख ३५ हजारभन्दा बढि कार्डहरु तथा ४९ वटा एटीएममार्फत देशभरीका ग्राहकहरुलाई सेवा दिँदै आएका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते