होमपेज > जापानमा नेपाल एयरलाइन्सको जहाजको टायर पड्किएपछि…

जापानमा नेपाल एयरलाइन्सको जहाजको टायर पड्किएपछि…

बिज्ञापन
बिज्ञापन

नेपाल एयरलाइन्सको आरए ४३४ नम्बरको बाइडबडी जहाज जापानमा प्राविधिक समस्यामा परेको छ। नेपाली समयअनुसार बिहान ६ः१० बजे उडान भर्न तयार रहेको उक्त विमानको टायर पड्किएपछि उडान अवरुद्ध भएको हो।

बिज्ञापन

वाइडबडी विमानको पांग्रा पञ्चर हुँदा नेपाल आउन लागेका २६१ यात्रु जापानको नारितामा अलपत्र परेका छन्। सोमबार नारिता विमानस्थलबाट काठमाडौं फर्कनै लाग्दा अन्नपूर्ण वाइडबडी (अल्फा लिमा याङ्की) को पांग्रा पञ्चर भएको हो। एप्रोनबाट धावनमार्गमा जाँदै गर्दा बायाँतर्फको ल्यान्डिङ गियरको पांग्रा पञ्चर भएको थियो । उक्त विमान आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९२ यात्रु लिएर जापान उडेको थियो।

बिज्ञापन

नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक) मनोजकुमार ठाकुरका अनुसार टायर पञ्चर भएपछि तत्काल मर्मतसम्बन्धी आवश्यक निर्णय गर्न छलफल भइरहेको छ। ‘हाल हामी विकल्पहरूबारे विचार गर्दैछौं,’ उनले भने, ‘नेपालबाट प्राविधिक टोली पठाउने कि जापानमै मर्मत कार्य अघि बढाउने भन्नेबारे निर्णय लिँदैछौं।’

काठमाडौंबाट टायर पठाउने वा जापानमै व्यवस्थापन गर्नेबारे अझै टुंगो लाग्न बाँकी छ। जहाजलाई काठमाडौंमा दिउँसो २ः५० मा अवतरण गर्ने तालिका थियो।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते