होमपेज > नक्कली धनीपुर्जा बनाएर बैंकबाट करोडबढी रूपैयाँ कर्जा लिने ३ जना पक्राउ

नक्कली धनीपुर्जा बनाएर बैंकबाट करोडबढी रूपैयाँ कर्जा लिने ३ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

अर्कैको नामको जग्गाको नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखेर एक करोड २० लाख रूपैयाँ कर्जा लिएका तीन जना पक्राउ परेका छन्।

बिज्ञापन

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १ का २२ वर्षीय गौरव कार्की, सोही ठाउँका ३५ वर्षीया ईश्वरी माया रोका र बाराको जितपुर नगरपालिका– ३ का ३५ वर्षीय दिलिपकुमार सिंह छन्। बाँकेबाट खटिएको प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा उनीहरूलाई माघ ८ गते काठमाडौंमा बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरी बाँके ल्याएको हो।

बिज्ञापन

उनीहरूले बाँकेको डुडुवा गाउँपालिका– ५ को कित्ता नम्बर १५१ र कित्ता नम्बर १५२ को ३३ कट्ठा जग्गाको नक्कली धनीपुर्जा बनाई काठमाडौंमा शाखा रहेको एक बैंकबाट एक करोड २० लाख रूपैयाँ कर्जा लिएका थिए।सो जग्गा जुम्लाको चन्दननाथ नगरपालिका– ८ का रेश्मा श्रेष्ठको थियो।

गौरव, ईश्वरी र दिलिपले कर्जा लिएको रकम आपसमा बाँडफाँट गरी ठगी गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयुष प्रसाद जोशीले बताए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते