होमपेज > मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एकको मृत्यु

मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एकको मृत्यु

बिज्ञापन
बिज्ञापन

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको। सो दुर्घटनामा एक बालिका घाइते भएकी छिन्।

बिज्ञापन

जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार बा प्र ०१–०२७ च. ९२७ नंको कार र बा५० प ७४१ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने २३ वर्षीया सपना राईको मृत्यु भएको हो।

बिज्ञापन

उनको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो। सो दुर्घटनामा मोटरसाइकलमै सवार तीन वर्षीया ईश्वरी राई घाइते भएकी छिन्। दुवैजना आमा छोरी हुन्।

कार चालक रामेछापको सुनापाती गाउँपालिका–१ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरीवृत्त थिमिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते