होमपेज > सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर, कति वर्षसम्म हुन्छ कैद सजाय?

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर, कति वर्षसम्म हुन्छ कैद सजाय?

बिज्ञापन
बिज्ञापन

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले आज शुक्रबार यस प्रकरणमा फैसला सुनाएको हो । जिल्ला न्यायाधीश शिशिराज ढकालको एकल इजलासले फैसला गरेको हो । ६ दिनसम्म चलेको बहसपछि न्यायाधीश ढकालले शुक्रबार साँझ यो फैसला सुनाएसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले थप कैद बस्नुपर्ने भएको छ ।

बिज्ञापन

अब अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ । उक्त सुनुवाइबाट सन्दीपले कैद सजाय भोग्नुपर्ने अवधि तय हुनेछ । लामिछानेविरुद्ध २०७९ भदौमा बलात्कारको जाहेरी परेको थियो । जाहेरी परेको समयमा लामिछाने विदेश थिए । त्यसपछि नेपाल फर्किएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० असोज २०७९ मा पक्राउ गरेको थियो ।

बिज्ञापन

यो मुद्दाका क्रममा लामिछानेलाई जिल्ला अदालत काठमाडौंले १८ कात्तिक २०७९ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले २९ पुस २०७९ मा उनलाई सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेश सर्वोच्चले समेत सदर गरेपछि लामिछानेले थुनाबाहिर रहेर मुद्दा लडेका थिए ।

लामिछानेमाथि एक नाबालिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । ५ भदौमा लामिछानेले ती नाबालिकालाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगेको र राति काठमाडौंको एक होटलमा राखेर बलात्कार गरेको उजुरी परेको थियो । यो अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजायको माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते