पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
बिज्ञापन
सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिज्ञापन
करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन् । वर्षा जारी रहेकाले सडक खुलाउन समस्या भएको छ । सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । पहिरोले सडक नै भासिएको छ ।








