नेपाल इफ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ६८ करोड ९९ लाख रुपैयाँ रहेको छ। यस्तो नाफा गत वर्षको पहिलो ६ महिनामा ४ करोड रुपैया भन्दा बढीले घटेको छ।
बिज्ञापन
बैंकको वितरणयोग्य नाफा भने ५२ करोड २१ लाख रुपैयाँ रहेको छ। यस्तो नाफा गत वर्षको सोही अवधिमा ३५ करोड ४९ लाख रुपैयाँ रहेको बैंकले जारी गरेको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ। बैंकको सञ्चालन नाफा ९१ करोड ७१ लाख रुपैयाँ रहेको छ। यसको यस्तो नाफा ९८ करोड ५५ लाख रुपैयाँ थियो। यसले यो अवधिमा १ अर्ब ४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको निफ्राले गत वर्षको सोही अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ यस्तो ब्याज आम्दानी गरेको पनि यसले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ।
बिज्ञापन
बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ। यसको जगेडा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ छ। यसको ७ अर्ब ५१ करोड रुपैयाँ निक्षेपसमेत संकलन गरेको छ। यसले हालसम्म २३ अर्ब २६ करोड रुपैयाँ ऋण लगानी गरेको छ। निफ्राको निस्कृय कर्जा अनुपात ०.३० प्रतिशत रहेको छ। यसको कस्ट अफ फन्ड ६.८९ प्रतिशत रहेको छ। त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ५.९४ पैसा रहेको छ। प्रति शेयर नेटवर्थ ११६.५४ रुपैयाँ रहेको छ।








