चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा ८४.४९ प्रतिशत बढेको छ।
बिज्ञापन
सोमबार प्रकाशित बैंकको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रभुले यस अवधिमा १ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्ष त्यस अवधिमा बैंकको नाफा ७२ करोड मात्रै थियो। बैंकले खुद नाफा वृद्धि गरे पनि वितरणयोग्य नाफामा भने ठूलो गिरावट आएको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३३ करोडले ऋणात्मक छ। गत वर्ष यस्तो नाफा १ अर्ब ८६ करोडले ऋणात्मक थियो।
बिज्ञापन
बैंकले ब्याज आम्दानी तथा कमिसन एवम् शुल्कबापतको आम्दानी दुवै सामान्य बढाएको तथा इम्पेयरमेन्ट शुल्क घटाएकाले नाफामा वृद्धि भएको देखिन्छ। गत वर्ष १ अर्ब २६ करोड रहेको बैंकको इम्पेयरमेन्ट शुल्क अहिले ८१ करोडमा झरेको छ।
नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११ रुपैयाँ पुगेको छ भने पीई रेसियो १९.३६ मा झरेको छ।








