होमपेज > भूकम्पबाट भएको क्षति वितरण यकिन गर्न देशभरका प्रहरी निकाय अलर्ट

भूकम्पबाट भएको क्षति वितरण यकिन गर्न देशभरका प्रहरी निकाय अलर्ट

बिज्ञापन
बिज्ञापन

नेपाल प्रहरी प्रधान कार्यालयले भूकम्पबाट हुनसक्ने क्षति विवरणबारे यकिन गर्न देशभरका प्रहरी निकायलाई अलर्ट गरेको छ।

बिज्ञापन

मंगलबार बिहान ६ः५० बजे तिब्बत र नेपालको सीमा केन्द्रविन्दु बनाएर ७ म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्पपछि क्षति विवरण यकिन गर्नका लागि प्रहरी निकायहरूलाई पत्राचार गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी विश्व अधिकारीले जानकारी दिए।
अहिलेसम्म क्षति विवरण भने आइसकेको छैन।

बिज्ञापन

‘भूकम्पपछि देशभरिका प्रहरीलाई अलर्ट गरेर आफ्नो क्षेत्र हेर्न लगाइएको छ। अहिलेसम्म क्षति विवरण आएको छैन,’ उनले भने। भूकम्पको केन्द्र डिंगे कान्टी नेपालको पूर्वी पहाड नजिकै पर्छ। त्यसैले भूकम्पको प्रभाव पनि पूर्वी नेपालमा बढी परेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।

‘यो भूकम्पको गहिराइ करिब १० किलोमिटर देखिएको छ। यद्यपि यसबारे विस्तृतमा हामी पनि बुझ्दैछौं। यसको असर काठमाडौं र यसभन्दा पश्चिम पनि परेको छ,’ उनले भने। बिहान ६ः५० मा काठमाडौंलगायत मधेस र पूर्वी पहाडमा भूकम्पको धक्का महसुस गरेपछि मानिसहरू घर बाहिरसमेत निस्किएका थिए। कम्पन केही बेर महसुस गरिएको थियो।

बिज्ञापन

पूर्वी पहाडमा क्षति भएको आशंकामा प्रशासनले विवरण माग गरेको बताएका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते