काठमाडौँको गौशालास्थित बागमती होटलमा एकजना युवती मृत अवस्थामा भेटिएकी छन्।
बिज्ञापन
कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। पुस १६ मा उनी होटलमा पुगेको देखिएको छ। लामो समय ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन्।
बिज्ञापन
ढोका फुटाएर हेर्दा सुस्मिता कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत थिइन्।








