होमपेज > एनपीएल उपाधि विजेतालाई १ करोड १० लाख

एनपीएल उपाधि विजेतालाई १ करोड १० लाख

बिज्ञापन
बिज्ञापन

नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेताले १ करोड १० रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पुरस्कार राशि घोषणा गर्दै यो जानकारी दिएको हो।

बिज्ञापन

क्यानका अनुसार दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ पाउने छ। तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ तथा चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाउने छ। पहिलोपटक आयोजित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग अब अन्तिमतिर पुगेको छ। बुधबार चितवन राइनोज र कर्णाली याक्सबिच ‘एलिमिनिटर’ खेल हुँदैछ कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजे उक्त सुरु हुनेछ।

बिज्ञापन

एनपीएलमा आठ टोलीको सहभागिता थियो। प्रारम्भिक चरणको समाप्तिपछि लिग तालिकाको माथिल्लो चार स्थानमा रहने टोली प्ले अफ चरणमा पुग्ने प्रावधान थियो। पहिलो र दोस्रो स्थानमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्ने तथा तेस्रो र चौथो स्थानमा रहने टोलीले ‘एलिमिनेटर’ खेल्ने प्रावधान थियो।

त्यसैअनुसार चितवन राइनोज र कर्णाली याक्सबीच ‘एलिमिनेटर’ खेल हुन लागेको हो। यो खेलमा पराजित हुने टोली स्वतः उपाधि होडबाट बाहिरिने छ विजयी हुने टोलीले फाइनल प्रवेशका लागि थप एउटा अवसर प्राप्त गर्नेछ। ‘एलिमिनेटर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा पराजित हुने टोलीसँग दोस्रो ‘क्वालिफायर’ खेलमा भिडन्त गर्न पाउने छ।

बिज्ञापन

दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले पहिलो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीसँग उपाधिका लागि भिडन्त गर्नेछ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते