होमपेज > यू–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार

यू–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार

बिज्ञापन
बिज्ञापन

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलोपटक यू–१९ विश्वकपमा प्रवेश गरेको नेपाली महिला क्रिकेट टोलीका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही २ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

बिज्ञापन

टिममा समावेश अफिसियलहरूलाई भने जनही १ लाख ५० हजार पुरस्कारबाट सम्मान गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। संयुक्त अरब इमिरेट्स (यूएई) को अजमानमा बुधबार सम्पन्न खेलमा घरेलु टोली यूएईविरुद्ध ८ विकेटको जीत निकाल्दै नेपालले पहिलोपटक यू–१९ विश्वकपमा ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।

बिज्ञापन

नेपालले ६ खेलबाट १० अङ्क जोड्दै विश्वकपमा स्थान बनाएको हो। यूएईले पनि समान खेलबाट समान १० अङ्क जोडे पनि नेपाल नेट रन रेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो। यू–१९ विश्वकप क्रिकेट सन् २०२५ मा मलेसियामा आयोजना हुँदैछ।

विश्वकपका साथै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ। एसिसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यू–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो।

बिज्ञापन

यू–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलंका, बंगलादेश र मलेसिया सहभागी हुनेछन्।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते