होमपेज > पर्यटनमन्त्री पाण्डेमाथि घुस लिएको आरोप

पर्यटनमन्त्री पाण्डेमाथि घुस लिएको आरोप

बिज्ञापन
बिज्ञापन

नेपाली का‌ग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेमाथि घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन्। रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं रुपैयाँ घुस बुझाएको आरोप बजगाईँले लगाएका हुन्।

बिज्ञापन

बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर प्रचार गर्छ। हामी समकक्षी सुभाष म सुशान्तसँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे।’

बिज्ञापन

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित टाइगर प्यालेस रिसोर्ट परिसरमा सञ्चालन हुनेगरी उक्त क्यासिनोले उक्त रिक्रियसनले साउन १२ गते पर्यटन विभागबाट क्यासिनो सञ्चालनको इजाजत पाएको थियो। त्यतिबेला नयाँ गठबन्धन अन्तर्गत सरकार गठन भएर पाण्डे पर्यटनमन्त्रीमा नियुक्त भएको दुई साता भएको थियो। त्यसको केही दिनपछि विभागले यसअघि क्यासिनो सञ्चालनको अनुमति पाएको एसएचएल म्यानेजमेन्ट सर्भिस (केटीएम) प्रा.लि. क्यासिनो सञ्चालनको अनुमतिपत्र खारेज गरेको थियो।

रुपन्देहीस्थित तत्कालीन टाइगर हेरिटेज रिसोर्ट अहिले दुई कारणले विवादित छ। पहिलो उक्त रिसोर्टको १६ बिघा जग्गामध्ये केही जग्गा सरकारी स्वामित्वको क्षेत्रमा रहेकोले मिचिएको उक्त जग्गामा बनेको संरचना भत्काउन स्थानीयबासीले माग गर्दै आएका छन्। यो विषयमा २०७८ सालमै अदालत अन्तरिम आदेश समेत सुनाएको थियो। उक्त आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म कुनै यथास्थितिमा राख्नु भन्ने उल्लेख छ। सांसद बजगाईँ अहिले पनि अदालतको आदेश कायमै रहेको र यो अवस्थामा नयाँ स्वामित्व हस्तान्तरण र नयाँ लाइसेन्स दिनै नमिल्ने बताउँछन्।

बिज्ञापन

अर्को चाहिँ यो रिसोर्टको सञ्चालक कम्पनीको अफसोर कारोबारमा करोडौँको कर छली भएको आरोप समेत लाग्दै आएको छ। सिल्भर हेरिटेज लिमिटेड नामक कम्पनीले सञ्चालन गर्दै आएको एक्त होटलको स्वामित्व होटलमा यसअघि हङकङस्थित सिल्भर हेरिटेज ग्रुपको लगानीमा थियो। अघिल्लो वर्ष साउनमा यसको स्वामित्व हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक नामक कम्पनीमा सारिएको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते