होमपेज > ६२ कम्पनीले गरे लाभांश घोषणा, लगानीकर्ताले कुनबाट कति पाउँदैछन्? (सूचिसहित)

६२ कम्पनीले गरे लाभांश घोषणा, लगानीकर्ताले कुनबाट कति पाउँदैछन्? (सूचिसहित)

बिज्ञापन
बिज्ञापन

नेप्सेमा सूचीकृत ६२ कम्पनीहरुले लाभांश घोषणा गरेका छन्। हालसम्म म्युचुअल फन्डसहित ६२ कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गरिसकेका छन्। जसमध्ये २७ म्युचुअल फन्ड हुन् भने ३५ कम्पनीहरु रहेका छन्।

बिज्ञापन

३५ मध्ये २५ वटाले साधारण सभाको मिति तय गरिसकेका छन्। यी मध्ये धेरैको साधारण सभा सम्पन्न भइसकेको छ भने केही कम्पनीको बाँकी छ। हालसम्म लाभांश घोषणा गरेका कम्पनीमा ७ वाणिज्य बैंक, १ विकास बैंक, २ लगानी कम्पनी, २ जीवन बिमा कम्पनी, २ उत्पादन कम्पनी, २ होटल, ८ लघुवित्त र ११ हाइड्रोपावर कम्पनी छन्। लाभांश घोषणा गरेकामध्ये अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन्। लगानीकर्तालाई छुट्याइएको बोनस सेयरमा कर लाग्ने भएकाले केहीले कर प्रयोजनका लागि मात्रै नगद लाभांश घोषणा गरेका छन्।

बिज्ञापन

लाभांश घोषणा गर्ने मध्ये युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ। गत वर्षको नाफाबाट यस कम्पनीले सेयरधनीलाई कर सहित प्रतिकित्ता १७ सय १४ रुपैयाँ नगद लाभांश घोषणा गरेको छ। बिमा कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् भने अन्य कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन्।

लाभांश घोषणा गरेपछि कम्पनीहरुले साधारण सभामार्फत पारित गर्छन्। साधारण सभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा र नगद लाभांश बैंक खातामा पाउने गरेका छन्। कम्पनीले करका लागि छुट्टै नगद लाभांश व्यवस्था नगरेमा लगानीकर्ताले नै तिर्नुपर्ने हुन्छ।

बिज्ञापन

यस्तै, लाभांश घोषणा गर्नेमा म्युचुअल फन्डहरुको बाहुल्यता रहेको छ। हालसम्म २७ म्युचुअल फन्डले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन्। यी सबैले बुक क्लोजको मिति तय गरिसकेका छन्। यी मध्ये अधिकांशले त लगानीकर्ताको खातामा नगद लाभांश पनि जम्मा गरिसकेका छन्।

म्युचुअल फन्ड मध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा सानिमा इक्विटी फन्ड रहेको छ। यसले गत वर्षको नाफाबाट इकाइधनीलाई १५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। एनआइसी एसिया सेलेक्ट ३० ले १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ।

-हेर्नुहोस् तालिकाहरु:

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते