आजभोली हरकोहिको भान्सामा प्रेसर कुकर देख्न सकिन्छ। आजकाल प्रेसर कुकर प्रयोग नगर्ने सायदै कोही होलान्। प्रेसर कुकरको प्रयोगले भान्साको धेरै काम निकै सहज बनाइदिएको छ।
बिज्ञापन
त्यसैले घर–घरमा प्रेसर कुकरको प्रयोग निकै लोकप्रिय छ। यद्यपि, धेरै मानिसहरू यसको प्रयोग त गर्छन् तर यो प्रयोग गर्ने केही आवश्यक नियमलाई भने अनुसरण गर्दैनन्। त्यसैले कतिपय अवस्थामा दुर्घटना पनि निम्तिन सक्छ।
बिज्ञापन
यहाँ हामी तपाईंलाई प्रेसर कुकर प्रयोग गर्ने बेला अपनाउनुपर्ने केही सावधानीबारे जानकारी दिँदै छौँ।
-प्रेसर कुकर प्रयोग गर्नुअघि यी कुरामा ध्यान दिनुहोस्:
बिज्ञापन
१-भरलोड नगर्नुहोस्:
खाना पकाइरहेका बेला प्रेसर कुकरमा सामान कोचाकोच गरेर नहाल्नुहोस्। भात, दाल, तरकारी बनाउँदा तपाईंले प्रेसर कुकरको आधा मात्रै बनाउनुहोस्। नभए प्रेसर बढेर फुट्न सक्छ।
२-हावा जानु अघि खोल्ने प्रयास:
खाना राम्रोसँग पाक्यो कि पाकेन भनेर थाहा पाउन चाहनुहुन्छ भने सुरुमा प्रेसर कुकरको हावा जान दिनुहोस्। यदि तपाईं हावा नगईकन यसलाई खोल्ने प्रयास गर्नुहुन्छ भने दुर्घटना हुन सक्छ।
३-राम्रोसँग सफा गर्नुहोस्:
प्रेसर कुकर प्रयोग गर्नुअघि यसको सिट्ठी, सेफ्टी भल्भ हेर्नुहोस्, यो कतै ब्लक भयो कि, हेर्नुहोस् । यसको विशेष सफाइ आवश्यक छ। यसबाहेक रबरले राम्रोसँग काम गरिरहेको छ कि छैन भनेर हेर्नुहोस्।
४-म्याद सकिने मिति हेर्नुहोस्:
प्रेसर कुकर किन्ने बेला यसको लिटरेचर बुकमा एक्सपायरी डेट दिइएको छ भने यसबारे ध्यान दिनुहोस्। हरेक पाँच वर्षमा प्रेसर कुकर परिवर्तन गर्नु राम्रो हुन्छ। प्रेसर कुकरको संरचना बिग्रिएको छ भने यसलाई तत्काल फेरिदिनुहोस्।








