आइसिसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ।
बिज्ञापन
टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा नौ बजे सुरु हुनेछ। लिग-२ मा हालसम्म निराशाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै पुनः लयमा फर्किएको छ।
बिज्ञापन
तर, यस सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले तीन विकेटले पराजित गरेको थियो। नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुनेछ। यस सिरिजअघि नेपालले अमेरिकाविरुद्ध उसकै मैदानमा ३ खेलको टी–ट्वेन्टी आई सिरिज क्लिन स्विप गरेको थियो। दुई टोलीबीच हालसम्म खेलिएका आठ ओडीआईमा नेपालले ४ र अमेरिकाले ३ खेल जितेको छ। एक खेल बिना नतिजा समाप्त भएको छ।
लिग–२ अंक तालिकामा नेपाल सातौं स्थानमा छ। टोलीले १० मध्ये २ खेल जित्दै ५ अंक जोडेको छ। अमेरिका ११ खेलमा ७ जितसहित १४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।
बिज्ञापन








