होमपेज > नबिल बैंकको नाफा २ अर्ब ५ करोड ६५ लाख ९० हजार आर्जन

नबिल बैंकको नाफा २ अर्ब ५ करोड ६५ लाख ९० हजार आर्जन

बिज्ञापन
बिज्ञापन

नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बिज्ञापन

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशतले घटेर ४ अर्ब १४ करोड २ लाख ८५ हजार रुपैयाँ रहेको छ । सञ्चालन नाफा ३६.०९ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ३४ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब १२ करोड ६१ लाख ४२ हजार रुपैयाँ रहेको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ११ करोड १६ लाख ६७ हजार रुपैयाँबाट घटेर ४५ करोड ७७ लाख २७ हजार रुपैयाँ रहेको छ । जसले गर्दा नाफा बढाउन सहयोग गरेको छ ।

बिज्ञापन

२७ अर्ब ५ करोड ६९ लाख ९७ हजार चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३० अर्ब ५ करोड २६ लाख १३ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२९.४८ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.५८ प्रतिशतबाट घटेर १.४२ प्रतिशत रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते