ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
बिज्ञापन
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब २२ करोड थियो। बैंकको खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ४ अर्ब ८० करोड रहेकोमा अहिले ४ अर्ब ११ करोडमा खुम्चिएको छ। लोनलस प्रोभिजन रकम घट्दा बैंकको नाफामा टेवा पुगेको देखिन्छ।
बिज्ञापन
यस्तो प्रोभिजन रकम पहिले १ अर्ब ७८ करोड रहेकोमा अहिले १ अर्ब ७ करोडमा झरेको छ। बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७४ पैसा छ। पहिले १३ रुपैयाँ ७१ पैसा थियो। त्यस्तै वितरणयोग्य नाफा १ अर्ब ९१ करोड रुपैयाँ छ। प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ १८ पैसा हो।
बैंकको निष्क्रिय कर्जा बढेको छ। गत वर्षको असोज मसान्तसम्म यस्तो कर्जा कुल कर्जामा ४.३८ प्रतिशत रहेकोमा यो वर्षको असोज मसान्तसम्म ४.६७ प्रतिशत पुगेको छ। आधार दर घट्दो क्रममै छ। पहिले १० प्रतिशत रहेकोमा अहिले ७.२९ प्रतिशतमा झरेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २० पैसा छ ।
बिज्ञापन








