होमपेज > मैंले भनेको छु सरकार गलत रुपमा बनेकाले आफैं ढल्छ: प्रचण्ड

मैंले भनेको छु सरकार गलत रुपमा बनेकाले आफैं ढल्छ: प्रचण्ड

बिज्ञापन
बिज्ञापन

प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन् ।

बिज्ञापन

बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले आफूले मात्र नभइ धेरै मानिसहरुले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने संकेत गरेको उल्लेख गरे । ‘मलाई के लाग्छ भने यो सरकार जुन रुपमा र जसरी बन्यो सुरुमै मैले अनुमान गरिसकेको थिए । सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो ।  अहिलेको घटनाक्रमहरुले करिब करिब त्यस्तै संकेत गरेको छ । हुनसक्छ केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ र धेरैको आंकलन पनि त्यही छ,’ उनले भने ।

बिज्ञापन

तर माओवादी केन्द्र सरकार परिवर्तन गर्नेतर्फ नजाने पनि स्पष्ट पारे । संगठन बनाउन र जनतामा जानेतिर पार्टी सक्रिय भएको उनको भनाइ छ । ‘सरकार परिवर्तन गर्नेतर्फ माओवादी केन्द्र सक्रिय भएर लाग्दैन । जनतामा जानेतर्फ, संगठन बनाउनेतर्फ र जनतातिर फर्किनेतर्फ नै पार्टीले उच्च प्राथमिकतामा राख्नेछ । मैंले भनेको छु यो सरकार गलत तरिकाले, वडो अप्राकृतिक, अपारदर्शी र अनैतिक रुपमा बनेकाले आफैं ढल्छ भने लाग्छ । हामीले धेरै मेहेनत गर्नुपर्छ भन्ने नै लाग्दैन,’ अध्यक्ष प्रचण्डले भने ।

बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको टीप्पणी गर्दै आएका अध्यक्ष प्रचण्डले यसअघि गठबन्धनमार्फत चुनाव लड्दा माओवादीको अस्तित्व नै हराउने देखिएकाले अब एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको बताउँदै आएका छन् । उनले विपक्षी दलहरुको मोर्चालाई बलियो पार्ने रणनीति लिएको प्रतिक्रिया दिंदै आएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते