होमपेज > भारत र न्युजील्यान्ड भिड्दै, कस्ले जित्ला च्याम्पियन्स ट्रफीको उपाधि

भारत र न्युजील्यान्ड भिड्दै, कस्ले जित्ला च्याम्पियन्स ट्रफीको उपाधि

बिज्ञापन
बिज्ञापन

च्याम्पियन्स ट्रफी २०२५ को उपाधिका लागि आइतबार भारत र न्युजील्यान्ड भिड्दैछन्। लगातार तेस्रो पटक फाइनल पुगेको भारतसँग न्युजील्यान्डले कस्तो खेल प्रदर्शन गर्ला भन्ने सबैको चासो रहेको छ।

बिज्ञापन

भारतको टिममा ब्याटिङ, बलिङ र फिल्डिङ नै निकै उत्कृष्ट छ। २०१३ को च्याम्पियन्स ट्रफीको विजेता टिम भारत २०१७ मा पाकिस्तानसँग फाइनलमा पराजित भयो। न्युजील्यान्ड यो प्रतियोगिताकै एक अन्डरडग टिम भन्दा फरक नपर्ला। पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिकाजस्तो टिम अगाडि आउन नसक्दा न्युजिलयान्ड भने एक पछि अर्को अनपेक्षित राम्रो प्रदर्शन देखाउँदै फाइनल पुग्यो। फाइनलअघि न्युजिल्यान्डलाई एक झड्का लाग्यो। जसमा म्याट हेन्री फाइनलका लागि टिममा खेल्नसक्ने अवस्था नहुन सक्छ। उनको बाँया काँधमा लागेको चोटका कारण उनी फाइनलमा टिमसँग नहुन सक्छन्। उनको कमी टिममा खड्किन सक्छ।

बिज्ञापन

भारतजस्तो बलियो प्रतिस्पर्धीसँग उपाधिका लागि न्युजील्यान्डले लिग चरणमा खेलेको खेलभन्दा निकै सुधारिएको खेल देखाउन पर्नेछ। लिग चरणमा समूह ए मा अपराजित रहँदै सेमिफाइनलमा अष्ट्रेलियालाई हराउँदै फाइनल प्रवेश गरेको भारतले न्युजील्यान्डलाई समूह चरणको खेलमा सहजै पराजित गरेको थियो। न्युजील्यान्डलाई ४४ रनले पराजित गरेको भारतले जुन तरिकाले खेलिरहेको छ। यही तरिकाले खेल्यो भने पनि च्याम्पियन्स ट्रफीको उपाधि जित्न सक्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते