निर्वाचन आयोगमा राजनीतिक दलहरूले बुझाएको आर्थिक वर्ष २०८०/८१ वर्षको आय व्यय विवरण अनुसार नेकपा एमाले सबैभन्दा धनी मात्र नभएर नाफामा रहेको एक मात्र पार्टीका रूपमा देखिएको छ ।
बिज्ञापन
पार्टी सदस्यता शुल्कदेखि जनप्रतिनिधि र राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूबाट लिने लेबीसम्मको व्यवस्थित हिसाबकिताब राख्ने पार्टी एमाले सबैभन्दा चुस्त राजनीतिक दलका रूपमा देखिएको आयोगले जनाएको छ ।
बिज्ञापन
एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार आम्दानी गरेको छ । आयोगका अनुसार उक्त पार्टीले ७ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने करिब ७ करोड बचत गरेको छ । यस हिसाबले एमालेले यो वर्ष ६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।








