होमपेज > यात्रा गर्दै हुनुहुन्छ? जान्नुहोस् देशभर कहाँ कहाँका अवरुद्ध छन् सडक?

यात्रा गर्दै हुनुहुन्छ? जान्नुहोस् देशभर कहाँ कहाँका अवरुद्ध छन् सडक?

बिज्ञापन
बिज्ञापन

लगातारको वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् । ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।

बिज्ञापन

विभिन्न स्थानमा खसेको पहिरोको कारण वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ । । गत २४ घण्टामा विभिन्न नाकाहरू हुँदै १० हजार ३ सय ७० ओटा सवारी साधनमा ५२ हजार २ सय ५४ जना यात्रुहरू काठमाडौँ उपत्यका भित्रिएका छन् । यस्तै, ११ हजार २ सय २१ ओटा सवारी साधनमा ६१ हजार २ सय ८५ जना यात्रुहरू उपत्यकाबाट बाहिरिएका छन् ।

बिज्ञापन

काभ्रेपलाञ्चोकको विभिन्न स्थानहरुमा रोशी खोलाले सडक कटान गरेका कारण वीपी राजमार्ग केही दिन अगाडीबाट पूर्ण रुपमा अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका १ स्थित खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली तथा सिन्धुली, नेपालथोक–मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रुपमै रोकिएको छ ।

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ । मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा आवत–जावत रोकिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते