लोक सेवा आयोगले आर्थिक वर्ष २०८०/८१ मा २४ करोड ९ लाख ८१ हजार ७ सय ९९ राजस्व उठाएको छ । लोक सेवाको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालय गरी १६ वटा केन्द्रबाट सो राजस्व उठेको हो । ती केन्द्रहरूबाट धरौटीबापत २४ लाख ७६ हजार २२१ रुपैयाँ उठेको छ ।
बिज्ञापन
लोक सेवा केन्द्रीय कार्यालयले राजस्वबाट ९ लाख ४९ हजार ४२२, इलाम कार्यालयबाट ५१ हजार ५५०, धनकुटा कार्यालयबाट २ लाख १४ हजार, खोटाङ कार्यालयबाट १३ हजार सात सय, जलेश्वर कार्यालयबाट १ लाख ६८ हजार सात सय, हेटौँडा कार्यालयबाट १ लाख ७६ हजार पाँच सय, काठमाडौं कार्यालयबाट ७७ हजार ४०७, पोखरा कार्यालयबाट २ लाख ९ हजार ९५० रुपैयाँ राजस्व उठेको छ ।
बिज्ञापन
त्यस्तै, बागलुङ कार्यालयबाट ३८ हजार ४ सय, बुटवल कार्यालयबाट २ लाख २८ हजार २२५, दाङ कार्यालयबाट १ लाख ३६ हजार ४६५, सुर्खेत कार्यालयबाट २ लाख २८ हजार ३६५, जुम्ला कार्यालयबाट १५ हजार तीन सय, दीपायल कार्यालयबाट ३९ हजार ५८०, महेन्द्रनगर कार्यालयबाट १ लाख ६८ हजार ४६५ र दरखास्त व्यवस्थापन केन्द्र काठमाडौंबाट २३ करोड ८२ लाख, ६५ हजार ७७० रुपैया राजस्व उठेको हो । लोक सेवाले विज्ञापन खुलाएपछि आवेदकले दस्तुर तिर्नुपर्छ । आवेदकले तिरेको दस्तुरलाई आयोगले राजस्वमा दाखिला गर्ने गर्दछ ।
आयोगले आर्थिक वर्ष २०८०/०८१ मा बढुवाबाट ५ सय २६, आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट १ सय २१, खुला प्रतियोगितात्मक परीक्षाबाट २ सय ६६ र विभिन्न समावेशी समूहबाट ५ सय ४२ गरी जम्मा १ हजार ४ सय ५५ वटा विज्ञापन तथा बढुवा सूचनाहरू प्रकाशन गरेको थियो ।
बिज्ञापन
बढुवातर्फ १ हजार १२, आन्तरिक प्रतियोगितातर्फ ६ सय २१, खुला प्रतियोगितातर्फ १ हजार ८० तथा महिला, आदिवासीरजनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका समावेशी प्रतियोगितातर्फ जम्मा ९ सय ४७ गरी कुल ३ हजार ६ सय ६० रिक्त पदका लागि दरखास्त माग गरिएको थियो ।








