होमपेज > विमानमा झगडा गरेपछि एक दम्पतीलाई उडानमा प्रतिबन्ध

विमानमा झगडा गरेपछि एक दम्पतीलाई उडानमा प्रतिबन्ध

बिज्ञापन
बिज्ञापन

हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथी प्यासिफिकले एक दम्पतीलाई आफ्नो उडानमा प्रतिबन्ध लगाएको छ । रिक्लाइनिङ सिटको निहुँमा चीनकी एक यात्रीसँग झगडा परेपछि ती दम्पती कम्पनीको कालोसूचीमा परेका हुन् ।

बिज्ञापन

सामाजिक सञ्चालनमा चिनियाँ महिलाले विमानमा आफूभन्दा पछाडि बसेका ती दम्पतीले आफूलाई दूरव्यवहार गरेको भन्दै गुनासो गरेकी थिइन् । आइतबार कम्पनीले सो जोडीको नाम उड्न नपाउनेहरूको सूचिमा थपेको छ । साथै यात्रा गरिरहेका यात्रुहरूमाथि दूरव्यवहार वा अपमान गर्ने व्यवहारप्रति शून्य सहनशीलताको नीति आफ्नो भएको पनि क्याथीले भनेको छ । चिनियाँ महिलाले सियाओहोङ्सुमा गरेको सो पोष्टमा सोमबार बिहानसम्म १ लाख ९४ हजार लाइक आएको छ भने मिश्रित खालको प्रतिक्रिया आएको छ । यो घटना सेप्टेम्बर १७ को हो । घटनाको समयमा विमान हङकङबाट लन्डन जाँदै थियो । आफ्नो पोष्टमा चिनियाँ महिलाले अधबैँसे श्रीमान् र श्रीमतीको जोडीले आफूमाथि टिभी हेर्न नदिएको र सिट मिलाउन भनेको बताएकी छिन् ।

बिज्ञापन

उनले त्यसो गर्न नमानेपछि श्रीमतीले खुट्टा तन्काएर ती महिलाले हात अड्याउने ठाउँसम्म तेर्साइन् र क्यान्टोनी भाषामा गाली गर्दै पाखुरामा हिर्काइन् । चिनियाँ महिलाको ठिक पछाडि बसेका ती महिलाको श्रीमानले उनी बसिरहेको सिटलाई धकेलिदिए । भिडियोमा सिट हल्लिरहेको पनि देखिन्छ । अर्को दृश्यमा भने श्रीमतीले चिनियाँ महिलालाई माझी औँला देखाइरहेको देखिएको छ । यो दृश्य हेरिरहेका कयौँ यात्रीले ती दम्पतीको आलोचना गरेका थिए । यो घटनापछि विमानमा बस्ने सिटलाई ढल्काउनु ठिक हो कि होइन भन्ने बहस सुरु भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते