चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट आठ करोड ९९ लाख २० हजार आठ सय एक रुपैयाँ बराबरको सामान बंगलादेश निर्यात भएको छ।
बिज्ञापन
नेपाल पारवहन तथा गोदाम व्यावस्था लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बंगलादेशबाट आयात भएको छ। कार्यालयको तथ्यांक अनुसार नेपालबाट दुई महिनामा सात करोड ६७ लाख ८१ हजार ५२२ रुपैयाँको खुदो बंगलादेश निर्यात भएको छ।
बिज्ञापन
गोदाम व्यवस्था कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत सामन बंगलादेशबाट आयात भएका छन्। सो अवधिमा सबैभन्दा बढी ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ रुपैयाँ मूल्य बराबरको जुट आयात भएको छ।








