होमपेज > स्टार्टअप कर्जाका लागि पाँच हजार कम्पनीको आवेदन

स्टार्टअप कर्जाका लागि पाँच हजार कम्पनीको आवेदन

बिज्ञापन
बिज्ञापन

सरकारले दिने स्टार्टअप कर्जाका लागि करिब पाँच हजार कम्पनी तथा फर्मको आवेदन परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले भदौ ११ देखि ३१ गतेसम्म आवेदन बुझाउने मिति तोकेको थियो ।

बिज्ञापन

यसअवधिमा करिब पाँच हजार कम्पनी तथा फर्मले स्टार्टअप कर्जाका पाउन परियोजना प्रस्तावसहित आवेदन दिएका हुन् । तीमध्ये १८ सय वटा आवेदन भौतिक रूपमा प्रतिष्ठानमा बुझाइएको छ । बाँकी आवेदन अनलाइन प्रणालीमार्फत परेका छन् । अनलाइनबाट परेकामा धेरै आवेदन पूर्ण नभएका कारण उनीहरूको हकमा के गर्ने भन्ने विषयमा प्रतिष्ठानले बैठक बसेर निर्णय गर्ने भएको छ ।

बिज्ञापन

प्रतिष्ठानका सूचना अधिकारी विश्वनाथ घिमिरेले अनलाइनबाट परेका करिब २५ सय आवेदन पूर्ण भएको र बाँकी अपूर्ण पनि रहेको बताए । “करिब पाँच हजार आवेदन परेका छन् । अनलाइनबाट परेका केही अपूर्ण छन् तिनीहरूको हकमा के गर्ने भनेर बैठक बसेर आज या भोलि निर्णय हुन्छ,” प्रतिष्ठानका सूचना अधिकारी घिमिरेले भने । ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ अनुसार १० वर्ष ननाघेका र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम रहेका कम्पनीले सहुलियत कर्जाका लागि आवेदन दिन पाउने भएका थिए ।

आवेदन बुझाएका कम्पनीहरू अब चरणबद्ध छनोट प्रक्रियाबाट जानेछन् । त्यसबाट छनोटमा पर्ने कम्पनीहरूले सहुलियतपूर्ण कर्जा पाउने छन् । पाँच देखि २५ लाखसम्म तीन प्रतिशत ब्याजदरमा मिल्ने कर्जा एक वर्षपछि भुक्तानी सुरु गरेर पाँच वर्षमा सरकारलाई फिर्ता भुक्तान गरिसक्नुपर्छ । गत वर्ष सरकारले आवेदन दिएका करिब १६ सयभन्दा बढीमध्ये छनोटमा परेका १६० भन्दा बढी स्टार्टअप उद्यमलाई कर्जा प्रवाह गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते