होमपेज > पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की

बिज्ञापन
बिज्ञापन

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी अर्जुन पोखरेललाई ४८८ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन्।

बिज्ञापन

कुल २ हजार २ सय ४७ मत खसेकोमा कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गरे। उनका प्रतिष्पर्धी पोखरेलले ८ सय ५१ मत प्राप्त गरे। कार्की निवर्तमान वरिष्ठ उपाध्यक्ष समेत हुन्। पोखरेल भने दोस्रो पटक अध्यक्षमा पराजित भए। संघको उप-महासचिवमा सुदीपमान प्रधानाङ्ग विजयी भए। प्रत्यासी बालकृष्ण कोइरालालाई १ सय ३० मतान्तरले पराजित गर्दै प्रधानाङ्ग विजयी भएका हुन्। प्रधानाङ्गले १ हजार १ सय ७७ मत प्राप्त गरे भने पराजित कोइरालाले १ हजार ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

बिज्ञापन

यसअघि संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भइसकेका छन्। त्यस्तै, खुल्ला सदस्यतर्फ ललितबहादुर कुँवर १५३९, देवेन्द्र प्रजु १५१६, सौगात थापा १४९४, दूधमान गुरुङ (आशिष्) १४६८, भीम गौतम १४३९, त्यस्तै, टिकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना १३७५, प्रदीप राजभण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० मत ल्याएर विजयी भए।

१० खुल्ला सदस्यका लागि १४ जनाबीच भएको प्रतिष्पर्धामा विनोद केसी १२९६, लेखनाथ सुवेदी १२८६, प्रेमप्रसाद सुवेदी १२८५, विष्णुप्रसाद तिमिल्सिनाले १२३० मत ल्याएर पराजित भए। संघको वस्तुगततर्फ सूर्य घिमिरे (मदिरा) २२ मत, दुर्गा बराल (कस्मेटिक) २१ मत, पृथ्वीराज तिमिल्सिना २० मत र नवीन नापित (कपडा) १४ मत ल्याएर विजयी भएका छन्। नवीन नापित र दीपेन्द्र कोइरालाको समान १४/१४ भएपछि गरिएको गोला प्रथाबाट नापित विजयी भए।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते