कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ ।
बिज्ञापन
जारी मूल्यअनुसार आज ठूलो गोलभेंडा १० रुपियाँ सस्तो भएको छ । हिजो प्रतिकिलो ६५ मा कारोबार भएको गोलभेंडा आज ५५ रुपियाँमा झरेको छ ।
बिज्ञापन
त्यस्तै, तनेबोडी पनि १० रुपियाँ नै सस्तिएको छ । आज ६५ मा कारोबार भइरहेको तनेबोडी बुधबार प्रतिकिलो ७५ रुपियाँ थियो । साथै, यसदिन छडी माछाको मूल्य १५ रुपियाँले घटेर २४० रुपियाँमा सीमित भएको छ ।








